प्रहरीले काठमाडौँबाट हुन्डीको रकमसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हुन्डीको ४० लाख ३२ हजार पाँचसय रुपैयाँसहित एक नेपाली र एक भारतीय पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भारतको कलकता घर भई हाल काठमाडौँ महानगरपालिका २३ ओमबहाल बस्दै आएका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भइ काठमाडौँको चन्द्रगिरि १५ तिनथाना बस्दै आएका ६३ वर्षीय धर्मप्रसाद ढकाल छन्।
उनीहरुको साथबाट ४० लाख ३२ हजार पाँचसय रुपैयाँ नगद, २ थान मोबाइल र विभिन्न सहकारी संस्थाका चेकबुक र पासबबुक बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।
2.6k
Shares

प्रतिक्रिया