समाज


संक्रमित युवतीसँगै आएका युवा ९ दिनदेखि क्वारेन्टिनमा, एकपटक पनि स्वास्थ्य परीक्षण भएन

संक्रमित युवतीसँगै आएका युवा ९ दिनदेखि क्वारेन्टिनमा, एकपटक पनि स्वास्थ्य परीक्षण भएन

नेपालखबर
चैत २०, २०७६ बिहिबार ९:३०,

क्वारेन्टिनमा राखिएको ९ दिन बितिसक्दा पनि एक युवकको स्वास्थ्य परीक्षण हुन सकेको छैन।

कोरोना भाइरसबाट संक्रमित भएकी युवतीसंगै नेपाल आएका बाह्रदशी गाउँपालिका–१ खयरवारीका एक युवकलाई क्वारेन्टाइनमा राखेको नौ दिन बितिसक्दा पनि उनको स्वास्थ्य परीक्षण हुन नसकेको हो।

कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीसंगै ती युवक पनि नेपाल आएका थिए। उनलाई चैत ११ गतेदेखि बाह्रदशी गाउँपालिका–३ राजगढमा गाउँपालिकाले तयार गरेको एस्तार हस्पिटल एन्ड रिसर्च सेन्टरको क्वारेन्टाइनमा राखिएको छ।

उनलाई कोरोना भाइरसको संक्रमण भए नभएको अहिलेसम्म ‘स्वब’ परीक्षण गर्न नसकिएको बाह्रदशी गाउँपालिका—२ का जनप्रतिनिधि प्रेम घिमिरेले बताए।

‘यस सम्बन्धमा पटक÷पटक जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तल र प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानालाई जानकारी गराएका छौं। तर अहिलेसम्म सुनुवाइ हुन सकेको छैन्”, घिमिरेले भने, ‘स्वास्थ्य परीक्षण नगरी राख्ने हो भने क्वारेन्टिनमा ल्याएर राख्नुको कुनै अर्थ नै रहेन, घरमै छुट्टै राखेको भए भइहाल्थ्यो नि।’

क्वारेन्टिनमा उनीसंगै अहिले चार जना रहेका छन्। चारै जनाको अहिलेसम्म स्वास्थ्य परीक्षण हुन नसकेको बताइएको छ। जिल्ला समन्वय समिति झापाका प्रमुख पोर्तेलले क्वारेन्टाइनमा राखिएका सबै मानिसको स्वास्थ्य परीक्षण गर्न सम्भव नहुने र जसजसलाई कोरोनाको लक्षण देखा परेको छ, उनीहरुलाई मात्रै आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण गर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad