काठमाडौँ प्रहरीको हिरासतमा रहेका ६ जनाले आज कक्षा १२ को परीक्षा दिएका छन्। भद्रकालीस्थित परिसरबाट उनीहरुलाई परीक्षा दिने व्यवस्था मिलाइएको प्रहरीले जनाएकाे छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएको चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका सिराहाका १९ वर्षीय दिनेश महतोसहित ६ जनाले हिरासतबाटै पहिलो दिनको परीक्षा दिएका हुन्।
बानेश्वरस्थित लिभरपुलमा अध्ययनरत महतो चैत १५ मा भएको प्रदर्शनमा भाटभटेनीबाट चुरोट र रक्सी चोरेको आरोपमा पक्राउ परेका थिए।
महतोसँगै सिन्धुपाल्चोक घर भएका दावा शेर्पा, स्याङ्जा घर भएका सौगातकुमार बिक, धादिङ घर भएका सरोज थापा, नुवाकोट घर भएका सिमन घले र भारतीय नागरिक अमन साकिनले हिरासतबाटै परीक्षा दिएका हुन्।
उनीहरुलाई परीक्षाका लागि छुट्टै केन्द्राध्यक्ष, गार्ड र बेञ्चको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया