समाज


वैशाख २१ को राशिफल: वृश्चिकले विशिष्ट व्यक्तिको साथ पाउने, धनुले अवरोधको सामना गर्नुपर्ने, तपाईँको के?

वैशाख २१ को राशिफल: वृश्चिकले विशिष्ट व्यक्तिको साथ पाउने, धनुले अवरोधको सामना गर्नुपर्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
बैशाख २१, २०८२ आइतबार ४:३५, काठमाडौँ

आज आइतबार, २१ वैशाख २०८२ (४ मे २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। सरकारी निकायको भय रहला। घर परिवारमा झैझमेलाको अवस्था आउला। आफन्तजन सँग मनमुटाब बढ्नेछ। साँझपख सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ।

भाग्यशाली रङ आकाशे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३६, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ६५ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ३९ र सम्पूर्ण भाग्यांक ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

वृष: राजनैतिक, सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ। शुभकार्यको चर्चा पनि चल्नेछ। प्रेम प्रसङ्गमा सफलता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७२, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्यांक ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।   

मिथुन: मंगल र शुभ कार्यमा सरिक भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। परिश्रम गर्दा धनार्जन हुनेछ। शुभ समाचार सुन्नमा आउला। सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन्।

भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६३, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।   

कर्कट: सञ्चार र प्रविधि मार्फत आफन्तसँग भेटघाट रहनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। रोकिएको धन हात पर्ला। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ।

भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ७९ यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। उत्तर दिशा नजाने।    

सिंह: लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ। डेकोरेसनको लगानीबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ६०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ४४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ६६ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। आज कालो रङको प्रयोग नगर्ने।   

कन्या: विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय दिनुपर्ला, तर चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला, साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५०, प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्यांक ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। आज कालो रङको प्रयोग नगर्ने।   

तुला: दैनिक कार्यमा प्रगति हुनेछ। नयाँ व्यक्ति बिच सामीप्यता बढ्नेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रमणीय र सुखद् यात्राको योग छ। धर्मकर्ममा रुचि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२ यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने।  सजिलै अरुको विश्वास नगर्ने।    

वृश्चिक: विशिष्ट व्यक्तिको साथ र सहयोग पनि पाइनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। शुभकार्यको चर्चा चल्नेछ। घरमा अतिथिको आगमन हुनेछ रमाइलो यात्राको सम्भावना छ। नयाँ व्यक्तिसँग भेटघाट होला।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ७७ यात्राको योग ५६ र सम्पूर्ण भाग्यांक ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

धनु: कार्यमा अवरोध आउला पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। यात्रामा मालसामान हराउन सक्छ। चोटपटकको भय पनि छ अतः सचेत रहनु राम्रो होला।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्यांक ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गाईलाई रोटी वा खनेकुरा दिने। झुट नबोल्ने।

मकर: शुभ कार्यमा सरिक भइनेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ। तपाईंको लागि समग्रमा सकारात्मक दिन रहेको छ। पठनपाठनमा प्रगति हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ निलो भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।

कुम्भ: शुभकार्यको चर्चा चल्नेछ। मनोरञ्जनमा सहभागिता भइएला। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। अतिथिको सेवा पनि होला। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ

भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५३ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। छल कपट नगर्ने।

मीन: शुभकार्यको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अचल सम्पत्ति हात पर्ने योग छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। पुँजी बजारबाट लाभ नै मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ७९, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ५० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७५ र सम्पूर्ण भाग्यांक ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरुको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad