समाज


राशिफल २० वैशाख : मिथुनको नयाँ सम्बन्ध जोडिने, कन्याले आँटेको पूरा हुने, तपाईँको के?

राशिफल २० वैशाख : मिथुनको नयाँ सम्बन्ध जोडिने, कन्याले आँटेको पूरा हुने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
बैशाख २०, २०८२ शनिबार ४:३८, काठमाडौँ

आज शनिबार, २० वैशाख २०८२ (३ मे २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : टाढाका नातागोतासँग भेटघाट हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। मनोरञ्जनको क्षेत्रमा सहभागी भइनेछ। पराक्रम बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ। शुभ कार्य र सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिई कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृष : रोकिएका काम पुनः सुरु हुनेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले असहायलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

मिथुन : पुनर्मिलनको योग छ। पुरानो समस्या सुल्झाउन सकिनेछ। नयाँ सम्बन्ध जोडिन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ। मनमा दुविधा उत्पन्न हुनेछ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। प्रेमीको सहयोग पाइनेछ। साँझमा धन हात पर्न सक्छ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिई कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

सिंह : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्नेछ। धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति बढी सजग रहनुपर्ने देखिन्छ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। खैरो रङको प्रयोग नगर्ने।

कन्या : रमणीय र सुखद यात्राको योग छ। आफन्तको प्रगतिमा मन रमाउनेछ। धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। प्रेमीको सहयोग पाइनेछ। आँटे-ताकेको कार्य पूरा होला। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

तुला : आत्मबलमा कमी आउनेछ। मन भावुक र उत्ताउलो बन्ला। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ, सचेत रहनु पर्छ। तीर्थाटनको योग छ। प्रेमीले तपाईँको विचारलाई समर्थन गर्नेछन्।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक : नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। मिष्ठान्न भोजनको अवसर छ। अधुरा काम पूरा हुनेछन्। व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक समय छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। घरायसी मनोरञ्जन हुनेछ। अतिथिको आगमन होला। साँझमा कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मकर : शुभ कार्यको योजना बन्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

कुम्भ : सुखदुःख बराबरी रहनेछ। नियमित खर्च बढ्ने योग छ। आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्च होला। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। तामसिक भोजन नगर्ने।

मीन : धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। रमणीय र सुखद यात्राको योग छ। रोमाञ्चक यात्रा होला। शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad