समाज


मौसमविद्को अध्ययन: आज यी प्रदेशमा हुनेछ वर्षा तथा हिमपात

मौसमविद्को अध्ययन: आज यी प्रदेशमा हुनेछ वर्षा तथा हिमपात

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार ६:४४, काठमाडौँ

आज शुक्रबार देशभर मौसम बदली तथा विभिन्न स्थानमा वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। 

महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ। 

यस्तै आज राति कोसी प्रदेश ,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। कोसी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ। 

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad