हाल (बिहीबार साँझ) देशका पश्चिमी भूभागका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको सूचनाअनुसार मेघगर्जन, चट्याङसहित वर्षा गराउने बादल पश्चिमबाट नेपाल प्रवेश गरिरहेको छ।
महाशाखाले अगाडि भनेको छ- अझै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना देखिएकाले आवश्यकत सतर्कता अपनाउनुहोला।
मौसम महाशाखाका अनुसार आज राति पनि देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना देखिएको छ।
4.3k
Shares

प्रतिक्रिया