समाज


काठमाडौँसहित यी जिल्लामा भइरहेको छ वर्षा, कस्तो छ दिनभरको सम्भावना?

काठमाडौँसहित यी जिल्लामा भइरहेको छ वर्षा, कस्तो छ दिनभरको सम्भावना?

नेपालखबर
बैशाख १८, २०८२ बिहिबार १०:३५, काठमाडौँ

यतिबेला (बिहीबार बिहान साढे १० बजे आसपास) काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार अहिले बागमती प्रदेशका  काठमाडौँ, काभ्रे, दोलखालगायत जिल्लामा वर्षा भइरहेको छ। यस्तै कोसी प्रदेशका पहाडी भूभाग ताप्लेजुङ, संखुवासभासहित आसपासका क्षेत्रमा वर्षा भइरहेको छ।   

यसैगरी बागमती र गण्डकी प्रदेशका उच्च भूभागका कतै कतै हिमपात पनि भइरहेको उनले बताइन्। 

काठमाडौँ उपत्यकामा केही समयपछि मौुसम केही सुधार हुने सम्भावना रहे पनि छ्याङ्ग भएर उघ्रिने सम्भावना भने नरहेको मौसमविद् कँडेलको भनाइ छ। 

‘काठमाडौँ उपत्यकामा हल्का वर्षा भइरहेको छ’, उनले नेपालखबरसँग भनिन्, ‘तर बिस्तारै कम हुँदै गएको छ र केही समयपछि मौसममा केही सुधार हुने सम्भावना देखिन्छ तर आज दिनभर मौसम पूरै खुल्ने सम्भावना भने देखिन्न।’

उनका अनुसार काठमाडौँ उपत्यकामा बीचमा मौसम केही सुधार भए पनि फेरि साँझपख हल्का वर्षा हुने सम्भावना छ। 

यस्तो छ आजका लागि मौसम महाशाखाको प्रक्षेपण:

दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।

राति: देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। यसका साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ।

आजको मौसमबारे अझ विस्तृत जानकारी तल:  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad