समाज


चेक गर्ने क्रममा भागेको कार दुर्घटनामा पर्‍यो, ४२१ किलो गाँजा बरामद

तीव्र गतिको कार भित्तामा ठोकिएको अवस्थामा भेटिए पनि चालक भेटिएनन्
चेक गर्ने क्रममा भागेको कार दुर्घटनामा पर्‍यो, ४२१ किलो गाँजा बरामद

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १०:५७, काठमाडौँ

धनकुटाबाट सशस्त्र प्रहरीले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ।

बुधबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका- ६ नमस्ते झरनास्थित कोसी लोकमार्गबाट गाँजासहितका कार नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २ प १७३४ नम्बरको कारलाई सशस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन वेश मुलघाटले जाँच गर्ने क्रममा चालकले नरोकी भगाएका थिए।

डिउटीमा रहेका सशस्त्र प्रहरीले शंका लागि चेकजाँच गर्न  खोज्दा भागेको कारलाई सशस्त्र प्रहरीले पिछा गर्ने क्रममा अनियन्त्रित भई भित्तामा ठोकिएर दुर्घटना भएको अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेको कार चालक भने फरार रहेका थापाले बताए। 

कारबाट १२ वटा पोकामा प्याक गरिएको ४ सय २१ किलो गाँजा बरामद भएकाे छ। कार र बरामद गाँजा थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको डीएसपी थापाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad