समाज


माल्टा पठाइदिन्छु भन्दै २४ लाख ठगी, काठमाडौँबाट एक जना पक्राउ

माल्टा पठाइदिन्छु भन्दै २४ लाख ठगी, काठमाडौँबाट एक जना पक्राउ

नेपालखबर
बैशाख १७, २०८२ बुधबार ५:३७, काठमाडौँ

वैदेशिक रोजगारीमा माल्टा पठाइदिने भन्दै २४ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२ बस्ने ५६ वर्षीय सुजनकुमार उप्रेती रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।

आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि रु २४ लाख लिई माल्टा लैजाने भन्दै लामो समयसम्म झुक्याएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

रुपैयाँ असुल गरेपछि उप्रेती सम्पर्क विहीन भएको भन्ने पीडितले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

पक्राउपछि उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad