आज मंगलबार पनि देशका विभिन्न स्थानमा हिउँ तथा पानी पर्ने प्रक्षेपण मौसमविद्ले गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज-
कोसी प्रदेश
दिउँसो: थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति: हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका पनि एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मधेस प्रदेश
दिउँसो: तराई क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति: वर्षाको सम्भावना छैन।
बागमती प्रदेश
दिउँसो: हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका पनि थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति: हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा वर्षाको सम्भावना छैन।
गण्डकी प्रदेश
दिउँसो: हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका पनि एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति: हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा भने वर्षाको सम्भावना छैन।
लुम्बिनी प्रदेश
दिउँसो: हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा भने वर्षाको सम्भावना छैन।
राति: हिमपात तथा वर्षाको सम्भावना छैन।
कर्णाली प्रदेश
दिउँसो: वर्षा तथा हिमपातको सम्भावना छैन।
राति: वर्षा तथा हिमपातको सम्भावना छैन।
सुदूरपश्चिम प्रदेश
दिउँसो: वर्षा तथा हिमपातको सम्भावना छैन।
राति: वर्षा तथा हिमपातको सम्भावना छैन।
काठमाडौँमा के होला?
मौसम महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार काठमाडौँ उपत्यकामा पनि साँझपख हल्का वर्षा हुने सम्भावना छ।
‘आज दिउँसो काठमाडौँ उपत्यकामा मौसम हिजो (सोमबार) को तुलनामा केही सुधार हुने सम्भावना छ’, उनले नेपालखबरसँग भने, ‘त्यसो भनेर पूरै सुध्रिने अवस्था त छैन। घाम-बादल घाम बादल हुने देखिन्छ। साँझपख हल्का वर्षा पनि हुन सक्छ। ’
Shares

प्रतिक्रिया