समाज


राशिफल १५ वैशाख : कन्याको कार्यमा नजिकका व्यक्तिले अवरोध गर्ने, तुला गोप्य क्रियाकलापमा सफल हुने, तपाईँको के?

राशिफल १५ वैशाख : कन्याको कार्यमा नजिकका व्यक्तिले अवरोध गर्ने, तुला गोप्य क्रियाकलापमा सफल हुने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
बैशाख १५, २०८२ सोमबार ४:३७, काठमाडौँ

आज सोमबार, १५ वैशाख २०८२ (२८ अप्रिल २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। वाणीमा कुशलता आउने दिन परेको छ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष: धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। विगतका समस्या बल्झिन सक्छन्। तर, साँझमा कार्य सम्पादन हुनसक्छ। भ्रमणको योजना बन्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ३७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मिथुन: अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ। परीक्षामा उत्तीर्ण हुन सकिनेछ। लामो यात्रा सुखद र सफल रहनेछ। प्रेमीको साथ र सहयोग मिल्नेछ। पुँजी बजारले साथ देला। शुभ समाचारले मनमा शान्ति छाउनेछ। मन पर्ने वस्त्र उपहार पाइनेछ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७९ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कर्कट: लाभहानि बराबरी रहनेछ। बलले भन्दा बुद्धिले निर्णय लिनु उचित हुनेछ। बेलुकीपख पारिवारिक जमघटमा मन रमाउनेछ। कामबाट फुर्सद मिलेपछि मनोरञ्जनमा सहभागी भइएला। रोकिएका काम पुनः सुरु हुनेछन्। शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ। कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुन सक्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६९, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

सिंह: आफन्त वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुन सक्छ। कामको सन्दर्भमा आउने प्रतिस्पर्धीलाई किनारा लगाउँदै महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ। व्यावसायिक कामबाट फाइदा नै हुने देखिन्छ। नयाँ कार्यको अवसर मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कन्या: सुखदुःख बराबर रहनेछ। नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला। महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु होला। पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४०, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४४, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

तुला: गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। रोकिएको काम दोहोर्‍याएर गर्दा फाइदा हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। दिनको उत्तरार्धमा भने खर्च बढ्नेछ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

वृश्चिक: आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। पारिवारिक भेटघाटमा व्यस्त भइनेछ। घरमा अतिथिको आगमन हुनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा भने सतर्कता अपनाउनुहोला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। वैदेशिक क्षेत्र कमजोर रहनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

धनु: आफन्तजन खुसी हुने समाचार दिन सकिन्छ। एउटै कामबाट दोहोरो लाभ मिल्ला। सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। धर्म, संस्कृति, कला र साहित्यमा रुचि बढ्नेछ। आँटे-ताकेको पूरा हुनेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर: मनमा दुबिधा उत्पन्न हुनेछ। कलहको योग देखिन्छ। आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुनेछ। मध्य दिनपछि रोकिएका कामले पूर्णता पाउनेछन्‌। मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारबाट प्रशस्त फाइदा हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कुम्भ: मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। रोकिएको काम सुचारु हुनेछ। प्रेम र दाम्पत्य जीवन सुखमय रहनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग छ। रोकिएका काम पूरा हुनेछन्। सफल र रमाइलो यात्रा हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मीन: गरेको कार्यमा सफलता मिल्नेछ। नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ। प्राविधिक कार्य पनि सफल रहला। परिवारसँग रमाइलो भेटघाट हुनेछ। यात्रा गर्दा ध्यान दिनुहोला, बाटोमा दुःख हुन सक्छ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। कार्यमा बाधा आउनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad