समाज


प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत प्रस्थान

प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत प्रस्थान

फाइल तस्बिर


नेपालखबर
बैशाख १४, २०८२ आइतबार १०:४३, काठमाडौँ

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत १० दिने भ्रमणका लागि बेलायत प्रस्थान गरेका छन्।

केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एयरलाइन्सको विमानमा राउत सर्वोच्चकै रजिस्ट्रार विमल पौडेलका साथमा प्रस्थान गरेका हुन्। उनीहरूको ट्रान्जिट टर्कीको इस्तानबुल रहेको छ।

प्रतिनिधिमण्डलमा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल, विशेष अदालतका न्यायाधीश रितेन्द्र थापा र उच्च अदालत, पाटनका न्यायाधीश हेमन्त रावल पनि रहनेछन्। फुयाल, थापा र रावल एयर इन्डियाको विमानमा भारतको नयाँ दिल्ली हुँदै लन्डन जाँदै छन्।

बेलायत सरकारको निमन्त्रणामा बेलायतको सर्वोच्च अदालतलगायत अदालतहरूको औपचारिक भ्रमण एवम् द्विपक्षीय सम्बन्ध विस्तारको सिलसिलामा यो भ्रमण हुन लागेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिए। 

भ्रमण सकेर यो टोली वैशाख २३ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad