समाज


भारतमा एक नेपालीको मृत्यु, लकडाउनका कारण शव ल्याउन समस्या

भारतमा एक नेपालीको मृत्यु, लकडाउनका कारण शव ल्याउन समस्या

नेपालखबर
चैत १९, २०७६ बुधबार ५:३५,

भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ।

मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो।

लकडाउनका कारण घर फर्किन लागेका ठगुन्नाको मदकोट झोलुंगे पुलबाट खसेर मृत्यु भएको परिवारले जनाएको छ।

गत कात्तिकमा मजदुरीको लागि मदकोट गएका उनको ठगुन्ना झोलुंगे पूलबाट खसेर मृत्यु भएको जानकारी आएको उनका आफन्त प्रमानन्द ठगुन्नाले बताए।

घटनाबारे जिल्ला प्रहरी कार्यालय दार्चुलालाई भने हालसम्म जानकारी प्राप्त नभएको जिल्लाका प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले बताए।

नेपाल भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा शव ल्याउन समस्या भएको भन्दै पहल गरिदिन मृतकका आफन्तले आग्रह गरेका छन्।

मृतकका आफन्त चिन्तन ठगुन्नाले भने, ‘हामी गाउँपालिकाबाट पत्र बनाएर ल्याउँदैछौँ, नेपाल–भारत जोड्ने झोलुंगे पुल खुलाउने व्यवस्था गराइदिनुप¥यो। भारतमा मजदुरको मृत्यु भएका कारण अहिले शव नेपाल ल्याउनै समस्या भएको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .