समाज


सरकारले दिएन आफ्नै देश प्रवेशको अनुमति, ३ दिनदेखि दशगजा क्षेत्रमा अलपत्र छन् १५५ नेपाली

सरकारले दिएन आफ्नै देश प्रवेशको अनुमति, ३ दिनदेखि दशगजा क्षेत्रमा अलपत्र छन् १५५ नेपाली

गोकुल जोशी
चैत १९, २०७६ बुधबार ३:४३,

भारतमा मजदुरी गरेर घर फर्किन लागेका एक सय ५५ जना नेपाली नागरिक विगत तीन दिनदेखि कञ्चनपुरको गड्डाचौकीस्थित पश्चिमी दशगजा क्षेत्रमा अलपत्र परेका छन्।

नाका प्रवेशमा कडाई गरिएपछि भारतका विभिन्न सहरमा मजदुरी गरेर फर्किदै गरेका नेपाली दशगजा क्षेत्रमा अलपत्र परेका हुन्।

नेपाल प्रवेश गर्न नपाउँदा साना बालबालिका, महिला र वृद्धावृद्धाको अवस्था नाजुक बन्दै गएको छ। कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले नाका प्रवेशमा रोक लगाएपछि एक सय ५५ जना नेपाली भोक–भोकै दशगजा क्षेत्रमा खुला आकाश मुनी बस्न बाध्य भएका हुन्।

2 ala

 ‘यहाँ न पानीको व्यवस्था छ, न खानाकै, भोक–भोकै बस्नु परेको छ,’ दशगजामा अलपत्र अमिर स्वाँरले भने, ‘नेपाल आएर पनि भोक–भोकै छौँ, हामीलाई घरसम्म पु¥याइदिनुहोस्।’ उनिहरुले आफ्नो गन्तव्यमा पु¥याइदिन प्रशासनसँग हारगुहार गरिरहेका छन्।

‘सबै एकै ठाउँमा बस्नु परेको छ, कोरोना संक्रमण फैलिने त्रासमा छौँ,’ नन्दादेवी ओखेडाले भनिन्, ‘तत्काल हामीलाई सीमा प्रवेश अनुमति दिइयोस्।’

कञ्चनपुरको दोधारा–चाँदनी, ब्रह्मदेव लगायत क्षेत्रबाट नेपाल भित्रिएकाहरुलाई शसस्त्र प्रहरी र नेपाल प्रहरीले नियन्त्रणमा लिएर गड्डाचौकीस्थित दशगजा क्षेत्रमा राखेको छ।

बसाईका साथै खानपिनमा निकै समस्या भइरहेका दशगजा क्षेत्रमा अलपत्र परेकाहरुले गुनासो गरेका छन्।

‘तीन दिन भयो, हामी यतै छौँ, भारतमा कोरोना भाइरसको त्रासले आफ्नै गाउँ घरमा आएका थियौँ। माहामारीले मरे भने पनि आफ्नै गाउँघरमा मरौँला भनेर आयौँ,’ बिरुवा चौधरीले भने, ‘तर सरकारले हाम्रो कुरा सुनेन, घर पुगिसकेका आफ्ना नागरिकलाई पनि प्रवेश अनुमति नदिनु न्यायोचित होइन।’

22 mmm

नाका प्रवेशको अनुमति नपाएपछि दशगजामा रोकिएका नेपालीहरु अव्यवस्थित रुपमा बस्न बाध्य भएका छन्। यसले कोरोना भाइरसको संक्रमण अझ फैलिने खतरा समेत बढेको छ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले पनि दशगजामा रोकिएकाहरुको बसाई व्यवस्थापन नभएको स्विकार गरे। तर खानाको बन्दोबस्त भने भएको उनको दाबी छ।

‘शसस्त्र प्रहरी, नेपाल प्रहरी तथा भारतीय पक्षबाट समेत खानाको व्यवस्था मिलाएको छ, खानाको समस्या छैन। तर धेरै भएकाले बसाई व्यवस्थापन चाहीँ राम्रो भएको छैन्,’ उनले भने।

उनले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको समस्या समाधान हुने आशा व्यक्त गरे। नाकामा भइरहेको आवागमनमा कडाइ गरिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .