ट्राफिक प्रहरीले निर्घात कुटपिट गरेको दृश्यबारे काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुसन्धान गरी संलग्न देखिएका प्रहरीमाथि कारबाही सुरू गरेको छ।
उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता दीपक गिरीले विज्ञप्ति जारी गरी कुटपिटमा संलग्न प्रहरीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।
कुटपिटको भाइरल भिडिओबारे ट्राफिक प्रवक्ता भन्छन्: अनुसन्धान गर्दै छौँ (भिडिओसहित)
उनीहरूलाई अहिले जिम्मेवारीमुक्त गरी उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाइएको उनको भनाइ छ।
केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओमा एक ट्राफिक प्रहरीले एक पुरुषलाई मरणासन्न हुने गरी कुटपिट गरिरहेको देखिन्छ। भिडिओमा सँगै भएका अन्य ट्राफिक प्रहरी हेरिरहेका छन्।
यो दृश्य काठमाडौँको न्युरोड क्षेत्रको रहेको र कुटपिटमा देखिएका कर्मचारी ट्राफिक प्रहरी वृत्त, जनसेवाका रहेको प्रहरीले जनाएको छ। तर, जिम्मेवारीबाट हटाइएका भनिएका प्रहरीको परिचय भने खुलाइएको छैन।

Shares

प्रतिक्रिया