काठमाडौँको तीनकुने क्षेत्रमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल ३ घर भएका ४० वर्षका मनोज भन्ने मिनोज थापा रहेका छन्।
उनीमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट पहिलो पटक ३ दिन म्याद लिइएको छ। यसअघि पक्राउ परेकाहरुको पनि म्याद तीनदिनपछि सकिने भएकाले म्याद मिलान गरिएको हो।
२०८१ चैत्र १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो। प्रदर्शनकारी हिंस्रक बन्दा आगजनी र तोडफोड भएको थियो। यसअघि आगजनी तथा तोडफोडमा संलग्न ८६ जना पक्राउ परिसकेका छन्।
२१ जनालाई बाहिरै राखेर अनुसन्धान अगाडि बढाएको छ। यो मुद्दामा अनुसन्धानको दायरामा १०७ जना ल्याइसकिएको छ।
87
Shares

प्रतिक्रिया