समाज


राशिफल १२ वैशाख : कर्कटको स्वास्थ्य बिग्रने, कन्यालाई वस्त्र उपहार, तपाईँको के?

राशिफल १२ वैशाख : कर्कटको स्वास्थ्य बिग्रने, कन्यालाई वस्त्र उपहार, तपाईँको के?

ज्यो. मेनुका दाहाल
बैशाख १२, २०८२ शुक्रबार ४:३०, काठमाडौँ

आज शुक्रबार, १२ वैशाख २०८२ (२५ अप्रिल २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। सामान हराउन सक्छ। साँझमा भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

भाग्यशाली रङ घ्यू र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४१, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

वृष : अतिथिका रूपमा सम्मान पाइनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मिथुन : परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। छोटो दूरीको लाभदायक यात्रा रहला। चिताएको कामले तीव्रता लिनेछ। प्रेमीबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक कार्यमा सहजता होला।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

कर्कट : काम बीचमै रोक्नुपर्दा आर्थिक भार पर्न सक्छ। स्वास्थ्यमा केही बाधा व्यवधान रहन सक्छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। साँझमा भने सफल यात्राको योग रहनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह : बजार घुम्ने अवसर मिल्नेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ। परोपकारी कार्यमा संलग्न भइनेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ३५, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

कन्या : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। पारिवारिक भेटघाटमा रमाइनेछ। मनपर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। रमाइलो यात्राको सम्भावना पनि छ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

तुला : आफन्तले कुनै माध्यमबाट सहयोग गर्नेछन्। आत्मबलमा वृद्धि र सन्तुष्टि प्राप्त हुनेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ। शुभकार्यको चर्चा चल्नेछ। वित्तीय संस्थाबाट राम्रै सफलता मिल्न सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

वृश्चिक : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। तर्कमा राम्रो सफलता मिल्नेछ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ घ्यू र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

धनु : अनावश्यक ठाउँमा धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ। भ्रमण तथा फेसनमा पनि खर्च बढ्नेछ। विवेकले काम नगर्न सक्छ। खानपिनमा सचेत रहनु नै उचित हुनेछ। पारिवारिक जीवन सामान्य रहनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

मकर : स्वादिष्ट भोजनको आनन्द पाइएला। यात्रा लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। धार्मिक कार्य र सभासमारोहमा सरिक हुने सम्भावना छ। रमाइलो यात्राको योग छ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

कुम्भ : रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्। लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ। धार्मिक यात्राको योग पनि छ। घुमफिरमा आकर्षण बढ्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मीन : सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। स्वादिष्ट भोजनको अवसर जुर्ला। नोकरीबाट मानसम्मान मिल्नेछ। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad