वीर अस्पतालले ९ शैय्यासहितको सर्जिकल आइसीयू कक्ष थप गरेको छ। शल्यक्रिया गरेका विरामीको उपचारमा प्रयोग हुने शैय्या थप गरेको अस्पताले जनाएको छ।
सर्जिकल आईसीयू कक्ष उद्घाटन गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सर्जिकल आईसियू कक्षको अभावमा शल्यक्रिया गरेका बिरामीका लागि हुने शैय्या अभावको समस्या कम हुने बताए।
मन्त्री पौडेलले अस्पतालको उपचार क्षमता बढाउने र सुविधा थप गर्दै लैजाने जनाए। सर्जिकल आइसीयू कक्ष कम हुदा शल्यक्रिया गरेका बिरामीलाई समस्या भएको अस्पतालमा निर्देशक डा.दिलिप शर्माले बताए।
27
Shares

प्रतिक्रिया