समाज


दिल्ली लैजान लागेको ६० हजार १ सय डलरसहित भारतीय नागरिक पक्राउ

दिल्ली लैजान लागेको ६० हजार १ सय डलरसहित भारतीय नागरिक पक्राउ

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १७:२७, काठमाडौँ

भारततर्फ लैजान लागेको अमेरिकी डलरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा भारत लैजान लागेको अमेरिकी डलर ६० हजार १ सय सहित भारतीय नागरिक ४० वर्षीया सोनी गुरूङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।

इन्डिगो एयरको उडानद्वारा काठमाडौँबाट दिल्ली जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad