समाज


क्याथोलिक क्रिस्चियन धर्मगुरू पोप फ्रान्सिसको निधनप्रति कांग्रेस दुःखी

क्याथोलिक क्रिस्चियन धर्मगुरू पोप फ्रान्सिसको निधनप्रति कांग्रेस दुःखी

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १६:५०, काठमाडौँ

नेपाली कांग्रेसले क्याथोलिक क्रिस्चियन धर्मगुरू पोप फ्रान्सिसको निधनप्रति दुःख व्यक्त गरेका छन्।

बुधबार विज्ञप्ति प्रकाशित गरी कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उनको निधनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट दुःख व्यक्त गरेका छन्।

विज्ञप्तिमा धर्मगुरु पोपले ‘शान्ति, करुणा, आध्यात्मिक साहस र न्यायको पक्षमा संसारभरका लाखौँ मानिसहरुलाई प्रेरित गर्दै’ आएको उल्लेख गरिएको छ।

कार्यवाहक सभापति खड्काले वक्तव्यमा भनेका छन्ः
क्याथोलिक क्रिस्चियन धर्मगुरू पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा गत सोमबार भएको निधनप्रति नेपाली कांग्रेस र मेरो तर्फबाट गहिरो दुःख व्यक्त गर्दछु । शान्ति, करुणा, आध्यात्मिक साहस र न्यायको पक्षमा संसारभरका लाखौं मानिसहरुलाई प्रेरित गर्दै आउनु भएका धर्मगुरू फ्रान्सिसप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त सबैप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।

पूर्णबहादुर खड्का
कार्यवाहक सभापति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad