सूचना, संचार तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले शिक्षामन्त्रीले राजीनामा दिएको कुरा सरकारको जानकारीमा नरहेको बताएका छन्।
बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दैै उनले राजीनामाबारे मन्त्रिपरिषद्को बैठकदेखि प्रधानमन्त्री कार्यालयसम्म चर्चा नभएको उल्लेख गरे।
प्रधानमन्त्री ओलीको दाबी: शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण
गुरुङले जानकारी छैन भनेता पनि शिक्षामन्त्री भट्टराईले सोमबार नै राजीनामा दिएकी थिइन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मंगलबार एमालेको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनको राजीनामा आएको भन्दै त्यसबारे चर्चा गरेका थिए।
240
Shares

प्रतिक्रिया