ad ad

समाज


ईशनाथ नगरपालिकाका मेयर र नेकपा नगर अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

ईशनाथ नगरपालिकाका मेयर र नेकपा नगर अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

नेपालखबर
चैत १८, २०७६ मंगलबार १४:५७,

रौतहटको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

गाँजा तस्करी गरेको आरोपमा मेयर मेहता र उनका भाई नेकपाका नगर अध्यक्ष मोहन मेहताविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ पुर्जी जारी गरी जिल्ला प्रहरी कार्यालय रौतहटलाई पठाएको छ।

मकवानपुर जिल्ला अदालतले मेहता दाजुभाइलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको हो। उनीहरुमाथि एम्बुलेन्समा गाँजा तस्करी गरेको आरोप छ।

गत माघ ११ गते रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्समा तीनवटा झोलाभित्र छवटा पोकामा गाँजा राखी मनहरीबाट हेटौँडातर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले एम्बुलेन्स चेक जाँचका क्रममा ३० किलो ६०० ग्राम गाँजा र नेपाली ९१ हजार तथा भारतीय दुई हजार दुई सय रुपैयाँसमेत बरामद गरेको थियो थियो।

त्यसक्रममा एम्बुलेन्स चालक रौतहट डुमरियाका ३९ वर्षीय महम्मद खलिद तथा एम्बुलेन्समा सवार रहेका डुमरियाकै १९ वर्षीय अशोक कुमार र भारत बिहारको मोतिहारी जिल्ला बसन्तपुरका २२ वर्षीय विनोद सहनीलाई पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा पक्राउ परेकाले दिएको बयानका आधारमा मेयर मेहता र उनका भाई नेकपाका मोहनको संलग्नता खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .