समाज


अदालतको आदेश अनुसार तोकिएको समयमा नै एनआरएनए महाधिवेशन हुन्छ : शेष घले

अदालतको आदेश अनुसार तोकिएको समयमा नै एनआरएनए महाधिवेशन हुन्छ : शेष घले

फाइल तस्बिर


नेपालखबर
बैशाख १०, २०८२ बुधबार १२:९, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिका संयोजक एवं संघका पूर्वअध्यक्ष डा. शेष घलेले पूर्वनिर्धारित कार्यातालीकाअनुसार नै महाधिवेशन हुने बताएका छन्।

वैशाख २०-२२ गते हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै संयोजक घलेले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयको निर्देशन र तालुक मन्त्रालय परराष्ट्रको समन्वयमा तोकिएको समयमा नै एकताको महाधिवेशन हुने दाबी गरे।

सर्वोच्चको आदेशअनुसार ६ महिनाभित्र एकता महाधिवेशनका लागि आफ्नो नेतृत्वको समितिले जिम्मेवारीपूर्वक काम गरी महाधिवेशनको तयारी अन्तिम चरणमा पुर्‍याएको उनले बताए। विश्वका वबभिन्न मुलुकबाट प्रतिनिधिहरु काठमाडौँ आउने क्रम सुरु भएको जानकारी घलेले दिए। 

वर्तमान एनआरएनएलाई ‘रिब्राण्डिङ’सहितको नयाँ एनआरएनए बनाउने अभियानमा लाग्न उनले सबैलाई आग्रह गरे। उनले नयाँ र सुधारिएको एनआरएनए बनाउने अभियानमा आफूहरु रहेको जिकिर समेत गरे। 

कानुनी सर्वोच्चताको पालना गर्दै खुला छलफल, वार्ता र संवादको माध्यमबाट संस्थालाई एकजुट बनाउन र तोकिएको मितिमा काठमाडौँमा भेला भएर संघको एकता महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न आआफ्नो क्षेत्रबाट पहल गर्न सबै गैरआसायीय नेपालीलाई घलेले आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad