समाज


बसले मोटरसाइकललाई ठक्कर दिँदा दिदीको मृत्यु, भाइ गम्भीर  घाइते

बसले मोटरसाइकललाई ठक्कर दिँदा दिदीको मृत्यु, भाइ गम्भीर  घाइते

फाइल तस्बिर


नेपालखबर
बैशाख १०, २०८२ बुधबार १२:२०, विराटनगर

मोरङमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने उनका भाइ गम्भीर घाइते भएका छन्। 

पूर्वपश्चिम राजमार्गमा पर्ने कानेपोखरी गाउँपालिका–७ मा आज झापाबाट विराटनगर तर्फ आउँदै गरेको को १ ख ७४८२ नम्बरको बसले स ४ प५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुर बेलका नगरपालिका-४ की करिब ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको मोरङका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–४ का करिब ३५ वर्षीय हरि शर्मा गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि विराटनगर पठाइएको छ। 
 

प्रहरीका अनुसार मृतक र घाइते दिदी–भाइ हुन्। दुर्घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad