एक हप्तापछि नदीनालाको बहाव उच्च हुने सम्भावना रहेकाले तटीय क्षेत्रमा रहेका बालीनाली यही असार २८ गतेभित्र थन्क्याउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
महाशाखाका अनुसार अहिले देशका प्रायः नदीमा बहाव बढ्दो क्रममा छ भने एक हप्तासम्म बहाव उच्च हुने अनुमान गरिएको छ।
‘तटीय क्षेत्रमा रहेका कृषि उपज सम्भभव भएसम्म यही असार २८ गतेभित्र थन्क्याउनुहुन अनुरोध छ,’ महाशाखाले भनेको छ– ‘तटिय क्षेत्रमा गर्नुपर्ने निर्माणको कार्य उच्च सतर्कता साथ गरौैं।’

प्रतिक्रिया