मंगलबार अहिलेसम्मकै सबैभन्दा महँगो बनेको सुनको मूल्यमा आज व्यापक गिरावट आएको छ।
सुनको मूल्य आज तोलामा सात हजार पाँचसय रुपैयाँ घटेको हो।
हिजो एकै दिन तोलामा ६ हजार नौसय रुपैयाँ बढेर सुनको मूल्य एक लाख ९७ हजार नाैसय रुपैयाँ पुगेको थियो। सुनको मूल्य आज एक लाख ९० हजार चारसय रुपैयाँमा झरेको हो।
विगत केही दिनयता उच्च दरमा बढिरहेको सुनको मूल्यमा आज फेरि उच्च दरमै गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँ घटेको छ। चाँदी आज एक हजार नौसय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
गत साता ६ दिनमै सुन तोलामा १६ हजार रुपैयाँ बढेको थियो।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बन्न थालेको हो।
अमेरिका र चीनबीच व्यापार द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको व्यवसायीले बताएका छन्।
Shares

प्रतिक्रिया