समाज


भौतिक मन्त्रालयद्वारा १५ विद्यालयलाई शैक्षिक सामग्री वितरण

भौतिक मन्त्रालयद्वारा १५ विद्यालयलाई शैक्षिक सामग्री वितरण

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १५:५४, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न जिल्लाका १५ विद्यालय तथा शैक्षिक संस्थाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यावसाय कोषको कार्यक्रमअनुसार कम्प्युटर लगायतका शैक्षिक सामग्री वितरण गरिएको मन्त्रालयका उपसचिव प्रकाश आचार्यले बताए।

उनका अनुसार झापा, तेह्रथुम, धादिङ र ताप्लेजुङका १५ वटा स्कुल तथा शैक्षिक संस्थाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो। 

उनले १५ वटा स्कुल तथा शैक्षिक संस्थाहरुलाई चालु आर्थिक वर्षमा १० वटा डिजिटल बोर्ड, १४ वटा कम्प्युटर, २ वटा प्रिन्टर र ४ वटा सिसिटिभी क्यामेरा वितरण गरिएको जानकारी दिए।

उनले भने, ‘झापा, तेह्रथुम, धादिङ र ताप्लेजुङका १५ वटा स्कुल तथा शैक्षिक संस्थाहरुलाई यो आर्थिक वर्षमा हामीले १० वटा डिजिटल बोर्ड, १४ वटा कम्प्युटर, प्रिन्टर २ वटा र ४ वटा सिसिटिभी क्यामेरा पनि वितरण गरेका छौँ। एकहप्ता अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला भ्रमणको क्रममा केही स्कुल तथा शैक्षिक संस्थालाई वितरण गरेका थियौँ। भने आज माननीय भौतिक मन्त्रीज्यूको उपस्थितिमा थप दुई वटा स्कुललाई वितरण गरेका छौँ।’

झापाको दमकमा वितरण गरिएका शैक्षिक सामग्रीहरु विद्यालयमा पुगेर जडानको क्रममा रहेको उपसचिव आचार्यले बताए। यस वर्ष शैक्षिक सहायता सामग्री वितरण गर्न ३० लाख बजेट विनियोजन गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad