समाज


शिक्षकहरूले गरे परीक्षा बोर्डको बैठक बहिष्कार

शिक्षकहरूले गरे परीक्षा बोर्डको बैठक बहिष्कार

नेपालखबर
बैशाख ८, २०८२ सोमबार १४:५४, काठमाडौँ

शिक्षकहरूले राष्ट्रिय परीक्षा बोर्डको बैठक बहिष्कार गरेका छन्। २० दिनदेखि सडक संघर्षमा रहेका शिक्षकहरूलाई बोर्डले आज बैठकमा बोलाएको थियो। 

बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा छलफल गर्न विद्यालयका प्रधानाध्यपकहरुलाई बोलाएको थियो। 

परीक्षाको केद्राध्यक्षसमेत रहेका प्रधानाध्यपकहरूलाई बैसाख ११ गतेदेखि सञ्चालन हुने तालिका रहेको कक्षा १२ को परीक्षा सञ्चालनको विषयमा छलफल गर्ने एजेन्डा तय गरेको थियो। 

पदम कन्या विद्याश्रम माध्यामिक विद्यालयकी प्रधानाध्यपक रिता तिवारी बोर्डले बोलाएको बैठकमा नजाने भनेर सामूहिक निर्णय गरेको बताइन्।   

‘कक्षा १२ को परीक्षा सञ्चालन गर्ने बिषयमा छलफलमा बोलाएको थियो,' तर हामीले नजाने निर्णय गर्‍यौँ,’ उनले भनिन्,'देशभरका शिक्षक साथीहरु काठमाडौँमा हुनुहुन्छ। कक्षा १२ को परीक्षा केही दिनपछि सर्छ होला।’ 

बोर्डले परीक्षा सञ्चालन हुन नसक्नेबारे अहिलेसम्म केही भनेको छैन। 

वैशाख १२ सम्म सडक आन्दोलन जारी 
नेपाल शिक्षक महासंघले बैसाख १२ गते सम्म आन्दोलन जारी राख्ने जनाएको छ। महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले सरकारले १३ गतेसम्म ऐन ल्याउने निर्णय गर्ने जनाएका कारण वैशाख १२ गतेसम्म सडक आन्दोलन जारी बताइन्। 

'आन्दोलन फिर्ता लियौँ भने हाम्रो माग सम्बोधन हुँदैन्। आन्दोलन जारी राख्नुको हामीसँग कुनै विकल्प पनि छैन्,' उनले भनिन्, '२० दिन भइसक्यो कुनै सुनुवाइ भएको छैन्।, सरकारलाई थप दबाब दिन आन्दोलन बहान ९ देखि १२ बजेसम्म गर्न थालेका छौँ। ९ बजेदेखि कार्यलय समय सुरु हुन्छ। हाम्रो आन्दोलनले सिंहदरबारका कर्मचारीले पनि थाँहा पाउन् भनेर दबाब दिन खोजेका हौँ।'

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज बस्ने मन्त्री परिषद्को बैठकमा शिक्षकका माग सम्बोधन गर्न ७ बुँदे प्रस्ताव लैजाने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad