समाज


राशिफल ९ वैशाख: मेषलाई रमणीय यात्राको योग, मीनको मनमा हर्ष छाउने, तपाईँको के?

राशिफल ९ वैशाख: मेषलाई रमणीय यात्राको योग, मीनको मनमा हर्ष छाउने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
बैशाख ९, २०८२ मंगलबार ४:४१, काठमाडौँ

आज मंगलबार, ९ वैशाख २०८२ (२२ अप्रिल २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: शुभ रमणीय यात्राको योग छ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। पुँजी बजारबाट पनि राम्रो सफलता मिल्नेछ। तर साँझमा केही पैसा खर्च हुन सक्छ।

आजको भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिनुहोला। झुट नबोल्नुहोला।

वृष: आज कलासाहित्यमा रुचि बढ्नेछ। गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्।

आजको भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्नुहोला। तामसीक भोजन नगर्नुहोला।

मिथुन: आज मन खिन्न हुने स्थिति आउनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। बोल्दा विचार पुर्‍याउनुहोला। साँझमा कुनै कुराले मनमा शान्ति छाउनेछ। पढाइ-लेखाइमा प्रगति गर्न नसकिने देखिन्छ।

आजको भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खानुहोला। भरिसक्के लामो यात्रा नगर्नुहोला।

कर्कट: आज विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्।

आजको भाग्यशाली रङ आकासे र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्नुहोला। निलो रङको प्रयोग नगर्नुहोला।

सिंह: चिताएको कामले तीव्रता लिनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। पारिवारिक मनोरञ्जन हुने र सद्भाव बढ्नेछ। समाजसेवामा मन लाग्नेछ। सेयर बजारबाट राम्रो सफलता मिल्नेछ। वैदेशिक कार्यहरू सम्पादन हुनेछन्।

आजको भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खानुहोला। सजिलै अरुको विश्वास नगर्नुहोला।

कन्या: आज समाचार सुन्न पाइएला। कुनै कुराले मनमा शान्ति छाउनेछ। राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ।

आजको भाग्यशाली रङ निलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्नुहोला। उत्तर दिशा नजानुहोला।

तुला: ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्। प्रेमीको सहयोग प्राप्त हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कला र गलाको प्रभाव बढ्नेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।

आजको भाग्यशाली रङ हरियो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिनुहोला। कालो रङको प्रयोग नगर्नुहोला।

वृश्चिक: आज आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ। मन परेको मानिससँग ढाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला।

आजको भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्नुहोला। सजिलै अरुको विश्वास नगर्नुहोला।

धनु: आज धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। पुनर्मिलनको योग छ। आँटेको र ताकेको कार्य पूरा होला। अरुलाई प्रभावित पारेर काम बन्नेछ। शुभ समाचार सुन्न पाइएला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

आजको भाग्यशाली रङ सेतो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिनुहोला। खैरो रङको प्रयोग नगर्नुहोला।

मकर: आज पार्टी तथा सेमिनारमा सहभागी भइएला। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। जोशजाँगर र हिम्मत पनि बढ्नेछ।

आजको भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्नुहोला। छल कपट नगर्नुहोला।

कुम्भ: आज आफ्नो विचारविपरीत निर्णय हुन सक्छ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। सरकारी निकायको भय रहला। अल्छीपना पनि बढ्नेछ। आर्थिक कारोबारमा विवाद आउन सक्छ, साँझमा भने सफल यात्राको योग छ।

आजको भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छल कपट नगर्ने।

मीन: आज मनमा हर्ष, उमंग र उत्साह छाउला। रमणीय र सुखद् यात्राको योग छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। जोशजाँगर र उमंग बढ्ला। नयाँ व्यक्ति बिच सामीप्यता बढ्नेछ। अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ।

भाग्यशाली रङ खैरो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad