समाज


आन्दोलनमा शिक्षकविरुद्ध नै नाराबाजी गर्ने पक्राउ

आन्दोलनमा शिक्षकविरुद्ध नै नाराबाजी गर्ने पक्राउ

फाइल तस्बिर


नेपालखबर
बैशाख ८, २०८२ सोमबार १४:९, काठमाडौँ

शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको आरोपमा एकजना पक्राउ परेका छन्। काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वर सडक खण्डमा प्रदर्शनको क्रममा आफूलाई ललितपुरको गोदावरीस्थित सरस्वती माध्यमिक विद्यालयको अभिभावक बताउने सनोज महत पक्राउ परेका हुन्।  

शिक्षकहरूविरुद्ध लगातार नाराबाजी गरेपछि उनलाई शिक्षकहरूले नै घेरा हालेका थिए। लगत्तै उनीहरूलाई  व्यक्तिलाई प्रहरीको जिम्मा लगाएको नेपाल शिक्षक महासंघले जनाएको छ। उनीलाई केही शिक्षकहरूले लछारपछारसमेत पारेका थिए। 

शिक्षकहरूको आन्दोलनमा शिक्षकविरुद्ध नै नाराबाजी गरेका उनलाई शिक्षकहरूले कुटपिट गरेका थिए।  

शिक्षकहरूले लछारपछार गर्दा उनको लुगासमेत च्यातिएको छ। प्रहरीले घेरा हालेर नियन्त्रणमा लिइसकेपछि भने ती उनले शिक्षकहरूलाई झम्टिएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad