समाज


कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको दर हालसम्मकै बढी

कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको दर हालसम्मकै बढी

नेपालखबर
चैत १८, २०७६ मंगलबार १०:३५,

गएको २४ घण्टामा अमेरिकामा ५७५ जना मानिसको कोरोना भाइरसको कारण मृत्यु भयो।

एकै दिन कोरोना भाइरसले ठूलो संख्यामा ज्यान लिएको यो पहिलो घटना हो।

यससँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १७३ पुगेको छ। त्यहाँ कोरोनाका कारण बिरामी हुनेको संख्या संसारमै सबैभन्दा बढी हो।

अमेरिकामा हालसम्म १ लाख ६४ हजार ३५९ जना कोरोना संक्रमित पुष्टि भएका छन्। संक्रमितको संख्यालार्ई हेर्दा अमेरिका चीनभन्दा धेरै माथि छ।

यस्तै मृतकको संख्यालाई मध्यनजर गर्दा पनि अमेरिकाको मृतक दर चीनको भन्दा उच्च छ।

हालैको दिनमा चीनमा भने कोरोनाको प्रभाव घ्टदै गएको छ। त्यहाँ हालसम्म ८१ हजार ५ सय १८ कोरोना संक्रमित छन्। ३३ सय ५ को भने ज्यान गइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .