समाज


मिथुनमा अल्छीपना बढ्ने, कर्कटले चिताएको पुग्ने, तपाईँको के? हेर्नुस् ८ वैशाखको राशिफल

मिथुनमा अल्छीपना बढ्ने, कर्कटले चिताएको पुग्ने, तपाईँको के? हेर्नुस् ८ वैशाखको राशिफल

ज्यो. मेनुका दाहाल
बैशाख ८, २०८२ सोमबार ४:३७, काठमाडौँ

आज सोमबार, ८ वैशाख २०८२ (२१ अप्रिल २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ। शुभ कार्यको चर्चा चल्नेछ। सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ, तर स्वास्थ्य प्रति भने सतर्कता अपनाउनु पर्छ।

आजको भाग्यशाली रङ आकाशे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्नुहोला र निलो रङको प्रयोग नगर्नुहोला।

वृष: कुनै न कुनै कुराले मनमा शान्ति, उत्साहका साथै बोली बिक्ने समय छ। नसोचेको ठाउँबाट धनागम हुनेछ। आँटेको र ताकेको कार्य पुरा होला। मनोरञ्जनमा सहभागिता भइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

आजको भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ६८ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्नुहोला। भरिसक्के लामो यात्रा नगर्नुहोला।

मिथुन: भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ। घरायसी झमेलामा परिएला। भाग्य शक्ति कमजोर भएको अनुभूति हुनेछ। अल्छीपना पनि बढ्नेछ। नियमित खर्चसमेत बढ्ने योग छ, तर साँझमा सामाजिक कार्यमा सफलता मिल्नेछ।

आजको भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्नुहोला र कालो रङको प्रयोग नगर्नुहोला। 

कर्कट: नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय, तर नियमित खर्चसमेत बढ्ने योग छ, सचेत रहनु होला।

आजको भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्यांक ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खानुहोला। भरिसक्के लामो यात्रा नगर्नुहोला।

सिंह: लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनसक्छ। परीक्षा र प्रतिस्पर्धामा सफलता मिल्नेछ। घुमफिरमा आकर्षण बढ्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। आफन्तसँग समय पनि बित्नेछ।

आजको भाग्यशाली रङ पर्पल र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६८ प्रतिशत रहेको छ। हनुमानजीको दर्शन गर्नुहोला। छल कपट नगर्नुहोला। 

कन्या: बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। वाक्चातुर्यले सङ्कल्प सिद्ध हुनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसंगका लागि श्रेष्ठ समय रहेको। साँझमा व्यस्तता बढ्नुका साथै स्वास्थ्यप्रति सजगता अपनाउनु होला।

आजको भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्नुहोला। छल कपट नगर्नुहोला। 

तुला: काम बिगार्नेको सक्रिय रहने देखिन्छ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। मनमा दुबिधा उत्पन्न हुने र मानसिक चिन्ता बढ्नेछ। यात्रा प्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ।

आजको भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ७८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिनुहोला। तामसीक भोजन नगर्नुहोला। 

वृश्चिक: शुभ समाचार सुन्न पाइएला। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। आँटेको र ताकेको कार्यमा ढिलाई भएपनि पुरा नै होला। रोकिएका वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रेम सम्बन्धको कोपिला फक्रने छ।

आजको भाग्यशाली रङ सेतो र अंक ४८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्यांक ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिनुहोला। खैरो रङको प्रयोग नगर्नुहोला। 

धनु: स्थान परिवर्तनका विशेष योग देखिन्छन्। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ। अरुलाई प्रभावित पारेर काम पनि बन्ला। साँझमा अनावश्यक ठाउँमा धन खर्च होला।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्नुहोला। उत्तर दिशा नजानुहोला। आजको 

मकर: रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। स्वादिष्ट भोजन पाइनेछ। पर्यटनको क्षेत्रबाट लाभ लिन सकिनेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त हुनेछ। नयाँ कमको योजना समेत बन्ने देखिन्छ।

आजको भाग्यशाली रङ निलो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खानुहोला। सजिलै अरुको विश्वास नगर्नुहोला। 

कुम्भ: आजको दिनमा मालसामान हराउन सक्छ। आँटेको कार्यमा बाधा आउन सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ, तर साँझमा आर्थिक कारोबारमा सफलता मिल्नेछ।

आजको भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिनुहोला। झुट नबोल्नुहोला। 

मीन: लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। घुमघाम र सफल भ्रमणमा दिन बित्नेछ। धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ। मित्र र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ।

आजको भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ।  यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिनुहोला। सजिलै अरुको विश्वास नगर्नुहोला। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad