समाज


अमेरिकाबाट ३ नेपाली ‘डिपोर्ट’, चार्टड जहाजमा आए नेपाल

अमेरिकाबाट ३ नेपाली ‘डिपोर्ट’, चार्टड जहाजमा आए नेपाल

नेपालखबर
बैशाख ७, २०८२ आइतबार ७:३४, काठमाडौँ

अमेरिकाले ‘डिपोर्ट’ गरेका तीनजना नेपाली काठमाडौँ आइपुगेका छन्। अमेरिकी चार्टर्ड विमानमार्फत् शनिबार तीनजना नेपाली काठमाडौँ आइपुगेका हुन्।

उनीहरुलाई लिएर जीभीएन १७६ एसएम नम्बरको अमेरिकी जहाज नेपाल आएको अध्यागमन स्रोतले जनाएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुसार पुनः तीन जना नेपाली डिपोर्ट भएका हुन्। निष्कासित हुनेमा चापागाईं, चौधरी र बुढा थरका एक-एक जना रहेका अध्यागमन कार्यालयले जनाएको छ।

यसअघि गएको फागुन २१ गते अमेरिकाले डिपोर्ट गरेका आठजना र त्यसअघि पनि २७ जना नेपालीलाई लिएर अमेरिकी चार्टर्ड विमान नेपाल आएको थियो। 

डिपोर्ट भएका नेपालीलाई अमेरिकाको कानुन अनुसार अमेरिकाले नै कारबाही र जरिवाना गर्ने भएकाले नेपालमा भने उनीहरुलाई कुनै कारबाही हुनेछैन।

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि अवैध रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीलाई अमेरिकी प्रशासनले देश निकाला गरिरहेको छ। 

पहिलो चरणमा अवैध रुपमा अमेरिकामा बस्दै आएका १४ लाख ४५ हजार ५ सय ४९ जना आप्रवासीलाई देश निकाला गर्ने तयारी अमेरिकी प्रशासनले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad