११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्याड्जा प्रहरीले ५५ वर्षका पुरुषलाई पक्राउ गरेको छ।
बालिकालाई करणी गरेको आरोपमा चापाकोट नगरपालिका–८ बस्ने ५५ वर्षीय अर्जुन भनिने ख्याम कर्ण दमाईंलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याड्जाले जनाएको छ।
अभिभावकले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए।
उनले गत वर्षको साउन १५ गते राति बालिकालाई जबर्जस्ती करणी गरेका आरोप छ। उनलाई चैत २८ गते घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ
498
Shares

प्रतिक्रिया