समाज


वीरगञ्जको प्रदर्शनमा तीनजना पत्रकारमाथि ढुंगा र लाठी प्रहार

वीरगञ्जको प्रदर्शनमा तीनजना पत्रकारमाथि ढुंगा र लाठी प्रहार

नेपालखबर
बैशाख ३, २०८२ बुधबार १५:३४, काठमाडौँ

समाचार संकलनका क्रममा वीरगञ्जमा प्रदर्शनकारी र प्रहरीको आक्रमणमा परी तीन जना पत्रकार घाइते भएको नेपाल पत्रकार महासंघले जनाएको छ।

महासंघका अनुसार वैशाख २ गते मंगलबार साँझ प्रदर्शनको समाचार संकलनमा जुटिरहेको अवस्थामा महासंघ एसोसिएट प्रदेश समितिका सदस्यसमेत रहेका चन्द्रसूर्य वाणीका धीरेन्द्र तिवारी, एभिन्यूज टेलिभिजनका अर्जुन गुप्ता र मध्य नेपाल सन्देशका अनिल ओझामाथि ढुंगा र लाठी प्रहार भएको जानकारी महासंघ एसोसिएट प्रदेश समिति र पर्सा शाखाबाट प्राप्त भएको छ।

‘पत्रकारमाथि भएको यस किसिमको आक्रमणलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कदमको रुपमा लिएको छ’ महासंघले विज्ञप्ति जारी गरी भनेको छ, ‘जुनसुकै पक्षबाट भए पनि यो कदमले पत्रकारको संवैधानिक सुनिश्चिता र नागरिकको सुसूचित हुने अधिकारमा आघात पुगेको महासंघको ठहर छ।’
 
महासंघले पत्रकार र नागरिक सूचनाको अधिकारविरोधी यो कदमको छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न र प्रेसको सुरक्षामा गम्भीर भई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ।

महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा घाइते पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्न पनि माग गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad