नयाँ वर्षकै दिन २०८२ वैशाख १ गते सोमबार राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैङ्क भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो।
कुशे गाउँपालिकाको पैङ्कलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भए/नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन।
यसअघि २०८१ चैत २१ गते राति क्रमशः ८.०७ बजे र ८.१०बजे सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प गएका थिए।
पहिलो भूकम्प ५ दशमलव २ र दोस्रो भूकम्प ५ दशमलव ५ म्याग्निच्युडका थिए। सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो।
यस्तै गत चैत २० गते दार्चुलामा ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
गत चैत १२ गते हुम्लालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
Shares

प्रतिक्रिया