समाज

नयाँ वर्षका दिन कस्तो होला मौसम?

नयाँ वर्षका दिन कस्तो होला मौसम?

नेपालखबर
चैत ३१, २०८१ आइतबार १९:१२, काठमाडौँ

आज २०८१ सालको अन्तिम दिन चैत ३१ गते आइतबार। सोमबार नयाँ वर्ष २०८२ सुरु हुँदै छ।

कतिपयले नयाँ वर्ष नयाँ ठाउँ भ्रमण गरेर मनाउने योजना पनि बनाएका हुन्छन्। 

उनीहरूलाई पक्कै थाहा पाउन मन छ- नयाँ वर्षका दिन वैशाख १ गते मौसम कस्तो होला त? 

हेर्नुहोस् जल तथा मौसम विज्ञान विभागले जारी गरेको यो बुलेटिनः  

२०८२ वैशाख १ गते सोमबारका लागि सम्भावित मौसम-

कोसी प्रदेश

दिउँसो: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

मधेस प्रदेश  

दिउँसो: तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति: तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।

बागमती प्रदेश

दिउँसो: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।

गण्डकी प्रदेश

राति: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।

लुम्बिनी प्रदेश

दिउँसो: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।

कर्णाली प्रदेश

दिउँसो: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।

सुदूरपश्चिम प्रदेश

दिउँसो: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad