समाज


१६ वर्षीया किशोरीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा २ महिला पक्राउ

१६ वर्षीया किशोरीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा २ महिला पक्राउ

नेपालखबर
चैत ३१, २०८१ आइतबार १०:४२, काठमाडौँ

एक किशोरीलाई विगत चार वर्षदेखि होटलमा राखेर ग्राहकसँग यौन कार्यमा लगाएको आरोपमा प्रहरीले बागलुङबाट दुई महिलालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार १६ वर्षीया किशोरीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले सम्झना भनिने ४० वर्षीया बिक र शान्ति भनिने ३७ वर्षीया खिमकुमारी भोम्जनलाई पक्राउ गरेको हो। 

बागलुङको ढोरपाटन नगरपालिका–१, बुर्तिबाङमा प्रितिमा बिकले तमानखोला खाजाघर र भोम्जनले वसन्त होटल एण्ड रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। 

उनीहरुले एक किशोरीलाई २०७७ साल फागुन १३ गतेदेखि पालैपालो होटलमा राखेर ललाइफकाई यौन गतिविधिमा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। 

बिक बागलुङकै ढोरपाटन नगरपालिका १ र भोम्जन मकवानपुरको कैलाश गाउँपालिका ९ का स्थायी वासिन्दा हुन्। 

उनीहरुले  विगत चार वर्षदेखि १६ वर्षीया किशोरीलाई पालैपालो होटलमा राखेर ग्राहकबाट पैसा लिएर जबर्जस्ती यौन कार्यमा लगाएर धनआर्जन गरेको उजुरीको आधारमा पक्राउ गरिएको डीएसपी विजय यादवले जानकारी दिए। 

प्रहरीले दुवै होटेलको खानतलासी गर्दा यौन व्यवसायमा प्रयोग हुने सामग्रीसमेत बरामद गरेको छ। 

उनीहरुलाई बागलुङ जिल्ला अदालत बाट मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत वेश्यावृत्तिमा लगाउन नहुने कसुरमा म्याद थप थप गरेर अनुसन्धान भइरहेको यादवले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad