समाज


म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी नेपाली सेनाको चिकित्सकीय टोली स्वदेश फिर्ता

म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी नेपाली सेनाको चिकित्सकीय टोली स्वदेश फिर्ता

नेपालखबर
चैत २९, २०८१ शुक्रबार १९:२२, काठमाडौँ

मित्रराष्ट्र म्यानमारमा विनाशकारी भूकम्पमा परि परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिएको नेपाली सेनाको चिकित्सकीय टोली आज चैत २९ गते स्वदेश फिर्ता भएको छ।

१२ जना चिकित्सकीय टिम र ४ जना बन्दोबस्ती सहायता टिम सहित कुल १६ सदस्यीय टोली चैत २० गते नेपाली सेनाको हवाई साधनद्वारा त्यसतर्फ प्रस्थान गरेको थियो।

नेपाल सरकारको निर्णय बमोजिम शल्यक्रिया विशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकहरू सहित खटिएको टोली म्यानमारको म्याण्डलेस्थित यामथिन सहरमा स्वास्थ्य शिविर स्थापना गरी घाइतेहरूको उपचारमा खटिएको थियो।

उपचारको क्रममा उक्त टोलीले १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाड जोर्नी सम्बन्धी उपचार र ९६५ जना बिरामीहरूलाई ओपीडी सेवा प्रदान गरेको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad