दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न नेपाल प्रहरीले अनुमति माग गरेको छ। प्रसाईंलाई अहिले काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ।
प्रहरीले सरकारी वकिलमार्फत अदालतसमक्ष पहिलो चरणमा प्रसाईंलाई १२ दिन हिरासतमा राख्नका लागि अनुमति मागेको हो।
प्रसाईं चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर हुन्। उनलाई प्रहरीले आज काँकडभिट्टबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो। त्यसअघि उनलाई भारतको आसाममा भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो।
141
Shares

प्रतिक्रिया