समाज


सिंहको प्रेम सम्बन्ध गाँसिने, मीनको पेट गडबड हुने, तपाईँको के? हेर्नुस् ३० चैतको राशिफल

सिंहको प्रेम सम्बन्ध गाँसिने, मीनको पेट गडबड हुने, तपाईँको के? हेर्नुस् ३० चैतको राशिफल

ज्यो. मेनुका दाहाल
चैत ३०, २०८१ शनिबार ४:३७, काठमाडौँ

आज शनिबार, ३० चैत २०८१ (१२ अप्रिल २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : भाग्यले विभिन्न अवसर जुराउनेछ। प्राविधिक क्षेत्रका काममा सफलता पाइनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : पारिवारिक सहयोग र सद्भाव बढ्नेछ। रोकिएको धनमाल हात पर्न सक्छ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। काममा सफलता मिल्नेछ। मनको बोझ हट्नेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिई कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

मिथुन : जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ। मुद्दा मामिलामा सफलता मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कर्कट : लाभहानि बराबरी रहनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ। घरायसी व्यवहारबाट टाढै बस्नु होला।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

सिंह : प्रेम सम्बन्ध गाँसिने सम्भावना छ। रमणीय, सुखद र धार्मिक यात्राको योग छ। राजनीतिक र वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। बैदेशिक बजार र वित्तीय संस्थामा गरेको लगानीबाट राम्रै फाइदा मिल्ला।

भाग्यशाली रङ आकासे र अङ्क १ हो। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ४५, वैदेशिक कार्यमा ५० र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई नसताउने।

कन्या : आफन्तको प्रगतिमा मन रमाउनेछ। बन्धु बान्धवबाट सहयोग मिल्ला। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। रोकिएको काम दोहोर्‍याएर गर्दा फाइदा हुनेछ। मुद्दामामिलामा विजय प्राप्त हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

तुला : साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापार व्यवसायबाट मनग्गे फाइदा हुनेछ। प्रेम सम्बन्ध फक्रेर जानेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्ला। लेनदेनमा सजगता अपनाउनु पर्नेछ। चोटपटकको भय छ सचेत रहनुहोला। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्ला। विचार गरेर बोल्नु र निर्णय लिनु उचित हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु : स्थान परिवर्तनको योग देखिन्छ। दानपुण्यका काममा सहभागी भइएला। शुभकार्यमा सहभागिता जनाइनेछ। सजिलै अरूको विश्वास जित्न सकिनेछ। सुन्दरतामा रकम खर्च होला। आकस्मिक धनलाभ हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ। नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ। पेसा र व्यवसायबाट लाभ हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। घरमा अतिथिको आगमन हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ : मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। परिवारका सदस्यबाट सहयोग पाइनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रमाइलो यात्राको सम्भावना छ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : यात्रामा बिघ्नबाधा आइलाग्न सक्छ। आहारविहारमा सावधानी अपनाउनु पर्नेछ। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला। पेट गडबड हुन सक्छ। साँझमा भने मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad