ad ad

समाज


बुटवलमा मृत्यु भएका युवकको नमुना परीक्षणको नतिजा: कोरोना रहेनछ

बुटवलमा मृत्यु भएका युवकको नमुना परीक्षणको नतिजा: कोरोना रहेनछ

नेपालखबर
चैत १७, २०७६ सोमबार १०:३३,

रूपन्देहीको कोरोना विशेष (अस्थायी) अस्पतालमा मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण नरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको छ।

प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले केहीबेरअघि (सोमबार अपराह्न) उनको नमुना परीक्षणको रिपोर्ट आएको जानकारी दिँदै भनिन्, ‘रिपोर्ट कोरोना भाइरस नेगेटिभ (कोरोना भाइरस नरहेको) आएको छ, उनको मृत्युको कारण अर्कै रोग हो।’

तर उनको मृत्यु अन्य कुन रोगका कारण भयो भन्ने कुराचाहिँ प्रयोगशालालाई थाहा नहुने उनले बताइन्।

‘छातीसम्बन्धी अन्य कुनै संक्रमण कारण ती युवकको मृत्यु भएको हुन सक्छ,’ निर्देशक झाले भनिन्, ‘हामीले त कोरोना छ कि छैन भनेर मात्र परीक्षण गर्ने हो, त्यो रहेनछ भन्ने पुष्टि भएको छ।’

उनका अनुसार अन्य कुन रोगका कारण उनको मृत्यु भएको हो भन्ने कुरा सम्बन्धित अस्पतालले बताउनेछ।

दुबईबाट नेपाल फर्किएका ती युवकमा ज्वरो र खोकी देखिएपछि कोरोना भाइरसको संक्रमण भएको आशंकामा उनलाई चैत १३ देखि बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा आइतबार दिउँसो उनको मृत्यु भएको थियो।

उनलाई कोरोना भाइरसको संक्रमण हो कि होइन भनेर परीक्षण गर्न उनको स्वाब (र्याल) टेकुस्थित प्रयोगशाला पठाइएको थियो।जसकाे नतिजा साेमबार सार्वजनिक गरिएकाे हाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .