समाज


नयाँ वर्षदेखि सदर चिडियाखाना बेलुका ८ बजेसम्म खुल्ने

नयाँ वर्षदेखि सदर चिडियाखाना बेलुका ८ बजेसम्म खुल्ने

नेपालखबर
चैत २८, २०८१ बिहिबार १६:९, काठमाडौँ

जावलाखेलस्थित सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन गरिने भएको छ।

चिडियाखानाद्वारा बिहीबार (चैत २८) आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जनताको मागानुसार आउँदो वैशाख १ गतेदेखि चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए।

उनले भने, 'त्यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्डबाट निर्णय गरी आवश्यक तयारी र प्रक्रिया अघि बढिसकेको छ।'

चिडियाखाना हाल बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्ने गरिएको छ।

त्यहाँ रहेको फल्चा र शिशु स्तनपान कक्षको उद्घाटन गर्दै मन्त्री शाहीले चिडियाखाना परिसरलाई प्रकृति र वन्यजन्तुका साथै संस्कृति र परम्परासँग जोड्नु सकारात्मक पक्ष भएको उल्लेख गरे। उनले यो चिडियाखाना साँघुरो भएकाले विस्तारका निम्ति सूर्यविनायकमा खुला चिडियाखानाको प्रावधानानुसार आवश्यक काम भइरहेको बताए।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखाना ललितपुरको गहना भएको बताए। यसको सम्वर्द्धनमा सबैलाई हातेमालो गर्न उनले आग्रह गरे।

उनले आफू ललितपुरमा अतिक्रमणमा परेका, मासिएका, पुरिएका, सांस्कृतिक सम्पदाको पुनरुत्थान र संरक्षणमा केन्द्रित भएको जानकारी गराए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले चिडियाखाना थप दुर्लभ वन्यजन्तु स्वदेश तथा विदेशबाट ल्याउने तयारी भइरहेको र त्यसमा विभागले आवश्यक समन्वय गरिरहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad