बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान गरिएको छ।
बिहीबारको गोरखापत्रमा सार्वजनिक सूचना जारी गरी अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयले १० दिनभित्र आवेदन दिन भनेको हो।
'...सिफारिस सम्बन्धी छनोट प्रक्रिया, २०८१ बमोजिम बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्तिका लागि इच्छुक व्यक्तिले सो प्रक्रियाको अनुसूची-१ बमोजिमको ढाँचामा आवेदन फाराम भरी सूचना प्रकाशन भएको मितिले १० दिनभित्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रहेको सिफारिस समितिको सचिलालय वा [email protected] मा पेस गर्नुहुन अनुरोध गरिएको छ' सूचनामा भनिएको छ।
यस्तो छ सूचना

84
Shares

प्रतिक्रिया