समाज


घट्यो काठमाडौँको वायु प्रदूषण, पहिलोबाट १०औँ स्थानमा झर्‍यो

घट्यो काठमाडौँको वायु प्रदूषण, पहिलोबाट १०औँ  स्थानमा झर्‍यो

फाइल तस्बिर


नेपालखबर
चैत २८, २०८१ बिहिबार ७:३७, काठमाडौँ

काठमाडौँको वायु प्रदूषण घटेको छ। काठमाडौँ उपत्यकमा हिजो साँझदेखि छिटपुट वर्षासँगै सामान्य हावाहुरीसमेत चलेकाले वायु प्रदूषण कम भएको हो। 

काठमाडौँमा बुधबार दिउँसोदेखि छिटपुट वर्षा सुरु भएको थियो। गएराति र आज बिहान पनि काठमाडौँमा सामान्य हावाहुरीसँगै वर्षा भएको छ। यसले काठमाडौँको वायु प्रदूषण केही कम भएको हो। 

हिजोसम्म वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा रहेको काठमाडौँ उपत्यका आज १० औँ स्थानमा झरेको छ। 

विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बिहीबार बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँको समग्र एक्यूआई १५२ छ। 

यतिबेला वायु प्रदूषणको दृष्टिले पाकिस्तानको लाहोर पहिलो र चीनको साङघाई दोस्रो स्थानमा छन्। चीनकै बेइजिङ तेस्रो स्थानमा छ। 

विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको थियो। काठमाडौँ उपत्यका आसपासका जंगलमा लागेको डढेलो पनि वर्षाले निभेको छ। 

विगत दुईतीन दिन यता काठमाडौँ उपत्यकाको वायु प्रदूषण केही कम भए पनि हिजोसम्म विश्वको सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमै थियो। केही दिनअघि काठमाडौँको एक्यूआई ३५२ सम्म पुगेको थियो। 

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ। 

५१ देखि एक सयसम्मको एक्यूआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केत दिइन्छ। एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ।

दुई सय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चारसय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ।

काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्यूआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ।

हेर्नुहाेस् विश्वका १५ सहरकाे एक्यूआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad