समाज


हितेन्द्रदेवको प्रशंसा गर्दै ऊर्जामन्त्रीले भने: एसियाकै उत्कृष्ट इन्जिनियर प्राधिकरणको कार्यकारी निर्देशक

हितेन्द्रदेवको प्रशंसा गर्दै ऊर्जामन्त्रीले भने: एसियाकै उत्कृष्ट इन्जिनियर प्राधिकरणको कार्यकारी निर्देशक

नेपालखबर
चैत २७, २०८१ बुधबार १३:४०, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मुलुक समृद्ध बन्ने बताएका छन्।  

बुधबार सान्जेन खोला हाइड्रोपावर परियोजनाको शुभारम्भ गर्दै उनले १० वर्षभित्रमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले काम अघि बढाइरहेको बताएका हुन्।

उनले दुई ठूला छिमेकी देशसँग काँधमा काँध जोडेर अघि बढ्दै नेपालको ऊर्जा क्षेत्रको विकास गर्ने बताए।

पछिल्लो समय जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी सहयोग बढिरहेको भन्दै खुसी प्रकट गरे। 

‘ऊर्जा क्षेत्रको विकासले मुलुकको समृद्धि हुनसक्छ भन्ने विश्वासका साथ अहिले १० वर्षभित्रमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राख्दै गर्दा हाम्रा छिमेकी मित्रहरू चीन, भारत जस्ता देशहरूले दुई ठूला मुलुकहरू हुन, आर्थिक हिसाबले सम्पन्न मुलुकहरूले हामीलाई पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्न चाहन्छु,' उनले भने, 'हामी सँगसँगै यहाँहरूसँग हिँड्न चाहन्छौँ । दुई वटा छिमेकी मुलुकभन्दा पर नबसिकन कदममा कदम मिलाएर हिँड्न नेपाल चाहन्छ । १० वर्ष पहिला यस क्षेत्रमा धेरै लगानी गर्न इच्छुक नहुने परिस्थित थियो।'

मन्त्री खड्काले नागरिकको घरमा लोडसेडिङ नहुने पनि बताए। विद्युत प्राधिकरणको आर्थिक अवस्था त्यत्ति राम्रो नरहेको भए पनि प्रचुर मात्रामा सुधार गर्नसक्ने ठाउँ रहेको उनको भनाइ छ। 

खड्काले हितेन्द्रदेव शाक्य एसियाकै उत्कृष्ट दक्ष इन्जिनियर भएको र अहिले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहेको भन्दै आर्थिक सुशासन कायम गरेर लोड सेडिङ हुन नदिई जलविद्युत क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad