कारोबार


हिजो बढेका अधिकांश मुद्राको विनियमदर आज पनि बढ्यो

अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनार थप महँगिए
हिजो बढेका अधिकांश मुद्राको विनियमदर आज पनि बढ्यो

नेपालखबर
चैत २७, २०८१ बुधबार ५:१३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ। 

विगत केही दिनदेखि घट्दै आएको विदेशी मुद्राहरुको विनियमदर हिजो पनि बढेको थियो। हिजो र आज लगातार यी मुद्राको विनियमदर बढेको हो। 

आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३  पैसा छ। आइतबार र सोमबार स्थिर रहेको अमेरिकी डलर हिजो पनि बढेको थियो।

हिजो अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६४  पैसा  थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८ पैसा छ। हिजो युरो १ को खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६४ पैसा थियो। 

त्यस्तै आज पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९ पैसा थियो। 

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ३० र बिक्रीदर ८३ रुपैयाँ ५६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८२ रुपैयाँ ९५ र बिक्रीदर ८३ रुपैयाँ ३१ पैसा थियो। 

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४७ रुपैयाँ १९ पैसा र बिक्रीदर ४४९ रुपैयाँ १४ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४५ रुपैयाँ २१ पैसा र बिक्रीदर ४४७ रुपैयाँ १६ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३६५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९७ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ०६ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। 

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad