ad ad

समाज


चितवनमा कोरोना भाइरसबारे यस्तो भ्रम फैलाउने पास्टर महिला पक्राउ

चितवनमा कोरोना भाइरसबारे यस्तो भ्रम फैलाउने पास्टर महिला पक्राउ

नेपालखबर
चैत १७, २०७६ सोमबार ४:४१,

चितवनमा कोरोना भाइरसबारे भ्रम फैलाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख नान्तीराज गुरुङका अनुसार माडी नगरपालिका–७ जगन्नाथपुरीकी ३८ वर्षीया जानकी ढुंगानालाई नियन्त्रणमा लिइएको हो।

‘उनी एउटा चर्चकी पास्टर रहिछन्,’ एसपी गुरुङले सोमबार बिहान नेपालखबरसँग भने, ‘उनले चाहिँ प्रभु यशुले कोरोना भाइरसलाई ठीक गर्छन् भन्दै गाउँमा पोस्टर, पम्पलेट वितरण गर्दै हिँडेकी रहिछन्, त्यसैले उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।’

एसपी गुरुङका अनुसार ती महिलाविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत जिल्ला अदालतमा अभद्र व्यवहारमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको छ।

‘आइतबार उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो,’ एसपी गुरुङले भने, ‘अहिले उनी जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा छिन्।’

एसपी गुरुङका अनुसार उनलाई माडीस्थित इलाका प्रहरी कार्यालयले शनिबार पक्राउ गरेको हो। यस्तो संवेदनशील अवस्थामा प्रभु यशुलाई विश्वास गरे कोरोना भाइरसले छुँदैन भनेर भ्रम फैलाउँदै हिँडेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

‘माडी प्रहरीले पक्राउ गरेर उनलाई शनिबारै जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हो,’ एसपी गुरुङले भने, ‘तर शनिबार मुद्दा गर्न नमिल्ने भएकाले हिजो (आइतबार) मुद्दा दर्ता गराएको हौं।’

घटना अनुसन्धानका लागि अदालतबाट ती महिलाविरुद्ध १० दिनको म्याद थप गराइएको एसपी गुरुङले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .