ad ad

समाज


कोरोना संक्रमणबाट दार्जिलिङमा एक महिलाको मृत्यु

कोरोना संक्रमणबाट दार्जिलिङमा एक महिलाको मृत्यु

शैलेन्द्र समदर्शी
चैत १७, २०७६ सोमबार ४:१५,

दार्जिलिङमा कोरोना भाइरसब सङ्क्रमित एक महिलाको मृत्यु भएको छ।

१५ चैतमा कोरोना भाइरस पोजेटिभ देखिएकी कालेबुङ निवासी ४५ वर्षीया महिलाको सोमबार बिहान मृत्यु भएको हो।

उत्तर बंगाल मेडिकल कलेज एवं हस्पिटलमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

उत्तर बंगालमा पहिलोपटक कोरोना भाइरसबाट मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन्।

उनी गएको फागुन २४ गते छोरीको उपचारका लागि कालेबुङबाट चेन्नइ गएकी थिइन्। कालेबुङ फर्केपछि उनमा कोरोना भाइरसको लक्षण देखिएको थियो।

उनी १३ चैतमा उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ना भएकी थिइन्भ।

१५ चैतमा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

ती महिलाका परिवारका सदस्य र उनका सम्पर्कमा आउने १४ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

महिलाको पहिलो स्वास्थ्य जाँच गर्ने दुई डाक्टर पनि अहिले होम क्वारेन्टाइनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .